गण्डकीमा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०३ जेठ २०७८, १६ : ४२
गण्डकी प्रदेशमा थप ८५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र गोरखा बाहेकका अन्य ९ जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् ।
प्रदेशमा देखिएका ८५९ संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष रहेको निर्देशक डा. शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण