सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार
काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र खरिदबिक्री रकम दुवैले मंगलबार नयाँ रेकर्ड कायम गरेका हुन् ।
खरिदबिक्री रकम ६७ करोड ९२ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र अरुण काबेली हाइड्रोपावर परेका छन । झन्डै ३ दर्जन कम्पनीमा भाउ बढेर सकारात्मक सर्किट ब्रेकर लागेको छ । होटेल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर लगायतका समूहमा आकर्षण बढी देखिएको छ । २१५ कम्पनीको २ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण