भारतमा बालबालिकाका लागि पनि कोरोना खोप लगाउन अनुमति

एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ । भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।’
डा.पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुनेछन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टू डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं ।’
अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । दैनिक भास्करका अनुसार एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिकामाथि खोप परीक्षणका लागि सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान
-
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची