भारतमा बालबालिकाका लागि पनि कोरोना खोप लगाउन अनुमति
एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ । भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।’
डा.पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुनेछन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टू डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं ।’
अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । दैनिक भास्करका अनुसार एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिकामाथि खोप परीक्षणका लागि सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण