भारतमा समुद्री आँधी, नेपालमा प्रभाव
बुधबार, ०५ जेठ २०७८, ११ : २५
काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (समुद्री आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।
वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवातको प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमशः पूर्वतर्फ बढ्दै गएर बाहिरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण