गण्डकीमा थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ६८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६९७ जनाको नमुना परीक्षण गरिएकोमा ६८८ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिएको नमुना परीक्षणमा ३०८ महिला र ३८० जना पुरुष संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १७६, स्याङजा ९, बाग्लुङ ७०,पर्वत २२, म्याग्दी ६८, मनाङ १३, मुस्ताङ १०, तनहुँ ५६, गोरखा १२९, लमजुङ ७ जना र नवलपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ । गण्डकीमा थप पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४५२ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण