राधा पौडेल फाउन्डेसनद्वारा विभिन्न जिल्लाका अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य उपकरण वितरण
काठमाडौं । कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएसँगै देखिएको अक्सिजन अभाव व्यवस्थापन गर्न राधा पौडेल फाउन्डेसनले पहल थालेको छ ।
फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर २० थान, पल्स अक्सिमिटर १०० थान, पीपीई १०० थान, फेस सिल्ड १ हजार, महिनावारी प्याड ९२० र मास्क ५ हजार विभिन्न जिल्लाका स्वास्थ्य संस्थामा वितरण गरेको जनाएको छ ।
फाउन्डेसनले मन्त्रालयसँग समन्वय गरी सुर्खेतको नगर कोभिड अस्पताल, बाँकेको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पताल, चितवनको माडी अस्पताल र परासी अस्पताल, धादिङ गजुरी स्थित गजुरी स्वास्थ्य केन्द्र, वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पताल, गोर्खाको जौबारी स्वास्थ्य केन्द्र र आँपपिपल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाकी कार्यक्रम संयोजक अनुपा रेग्मीले बताइन् ।
रेग्मीले अस्पतालहरुमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न अस्पतालहरूसँगको समन्वयमा परामर्श सेवा, अस्पतालहरुमा बेड व्यवस्थापन र अक्सिजन व्यवस्थापन कार्य पनि गरिरहेको जनाएको छ ।
राधा पौडेल फाउन्डेसन र दक्षिण गोलार्दिय मर्यादित महिनावारी संजालका संसारभर छरिएर रहेका सदस्य, सल्लाहकार, शुभचिन्तकहरुलाई सामाजिक संजाल तथा अन्य माध्यमबाट परिचालन गरी विभिन्न स्वास्थ्य उपकरण स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको संस्थाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण