मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’

बिहीबार, ०६ जेठ २०७८, १९ : १९
बिहीबार, ०६ जेठ २०७८

अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेको थियो ।

फिल्मको अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् । उनले अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।

केही महिना अगाडि सार्वजनिक भएको फिल्मको नक्कल गरिएको कुरा अहिले चर्चामा आएको हो । जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए ।  ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप