एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत
प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्नु भएपछि बस्नेतले आज सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई बिभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएपछि राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेको भन्दै उनले विपक्षी दलले बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए ।
सांसद बस्नेतले भने, “सरकार र राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठनको आह्वान गर्नु भएको हो, यसलाई बङ्ग्याएर भ्रम फैलाउने, गाली गलौच गर्ने गर्नुभन्दा बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे भइगयो, एमाले प्रतिपक्षमा बस्न तयार छ ।”
काँग्रेस, माओवादीलगायतका दलले बहुमत पुर्याए मा आफू प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेतले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विप विरुद्ध मतदान गर्ने तथा गर्न लगाउने जस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण