रुसमा करिब ५० लाख संक्रमित पुगे
एजेन्सी । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।
रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको । गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो । यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ । पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ ।
रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन् । यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् । यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण