कोभिडविरुद्ध लड्न सभामुखको पहल
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका छन् । अक्सिजन प्लान्ट स्थापनाको काम अघि पनि बढेको छ । यही हप्ता सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजनामा संशोधन गरी रु पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुट्याउनु भएको सचिवालयले जनाएको छ ।
सभामुखको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री उनको सचिवालयमार्फत जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । कार्यक्रममा सचिवालयमार्फत हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा २१ लिटरको एक थान अक्सिजन कन्सन्ट्रेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजरलगायत छन् । तत्काल १०० थान भरिएको अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट जिल्लामा आइपुग्ने पाठकले जानकारी दिए । बाँकी सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।
यस्तै जिल्लाबाट सङ्कलित ५३ थान अक्सिजन सिलिन्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको स्वकीय सचिव पाठकले बताए । कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिएको छ । उपचार अभावमा नागरिकको जीवन थप जोखिममा पर्न नदिन सभामुख सापकोटाले अघिल्लो हप्ता मात्रै जिल्लामा चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका थिए । केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरूप पाउने पाठकले जानकारी दिए । यसैबीच सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका सिन्धुबासीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायी एवं समाजसेवीलाई धन्यवाद ज्ञापन गरे । उनले कोरोना महामारी अझ बढी रहेकोले सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण