लस एन्जलसको ‘बिलबोर्ड म्युजिक अवार्ड’ मा हट प्रियंका
मुम्बई । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।
अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएकोे हो । अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।
लुक्सको कुरा गर्ने हो भने तस्बिरमा प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।
निक भने हरियो कलरको पाइन्ट, शर्ट र ज्याकेटमा ह्याण्डसम देखिएका छन् । प्रियंका र निकको यो तस्बिरलाई फ्यानले निकै रुचाएका छन् ।
बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका उनका पति निक जोनसको साथका लागि मात्र पुगेकी थिइनन् । अवार्डमा उनी प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण