लस एन्जलसको ‘बिलबोर्ड म्युजिक अवार्ड’ मा हट प्रियंका
मुम्बई । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।
अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएकोे हो । अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।
लुक्सको कुरा गर्ने हो भने तस्बिरमा प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।
निक भने हरियो कलरको पाइन्ट, शर्ट र ज्याकेटमा ह्याण्डसम देखिएका छन् । प्रियंका र निकको यो तस्बिरलाई फ्यानले निकै रुचाएका छन् ।
बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका उनका पति निक जोनसको साथका लागि मात्र पुगेकी थिइनन् । अवार्डमा उनी प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : अध्यक्ष अग्रवाल
-
श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ जारी
-
सातौँ विकेटका रूपमा पेभेलियन फर्किए दीपेन्द्रसिंह ऐरी
-
नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमायो
-
प्युठानमा १० वर्ष कैद सजाय पाएका एक जना १३ वर्षपछि पक्राउ
-
बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता