एनआरएनएद्वारा भारतमा रहेका कोभिड पीडित नेपालीलाई आर्थिक सहयोग
कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार भारतमा रहेका कोभिड पीडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो ।
एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई सहयोगको थालनी गरेको हो । भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नारायण आचार्य, एआरएनए फोकल टिमकी संयोजक अलिनी सुवेदी सल्लाहकार पुरु श्रेष्ठ, डा.सन्जिव सापकोटा, डा.उत्तम गौली, डा.बोदराज सुवेदी, रजनी प्रधान, सुन्दरी लामा, भुमा लिम्बु, डा. सागर पौडेल, डा. युवराज पोखरेल, डा.अरुण पौडेल, डा.सुधीर खनाल, डा.अबिरल निधि, लगायतको टिमको पहलमा भारतमा रहेका नेपालीहरुको लागि आर्थिक तथा स्वास्थ्य परामर्शको सुरुवात गरिएको थियो ।
संघले नयाँ दिल्लीको गडी एरियामा कोभिडका कारणले तीन महिनादेखि बेरोजगार भएर भोकै अवस्थामा पुगेका टेकराज पोखेल, थानेश्वर पाण्डे, जविलाल अधिकारी, शिव कुमार बुढाथोकीको परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण