विमानभित्र प्रेममा लिप्त जोडीको व्यवहारले अन्य यात्री असहज भएपछि एयर होस्टेसले दिइन् ब्ल्याङ्केट

पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित भएको हो ।
ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।
यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।
ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?’ भनेर सोधे ।
यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता