विमानभित्र प्रेममा लिप्त जोडीको व्यवहारले अन्य यात्री असहज भएपछि एयर होस्टेसले दिइन् ब्ल्याङ्केट
पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित भएको हो ।
ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।
यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।
ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?’ भनेर सोधे ।
यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण