विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल सकियो, के भयो निर्णय ?
विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच छलफल भएको हो ।
उनीहरुबीच सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
पाँच दलका तर्फबाट सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए । उनीहरुले यसअघि जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा आधार पेश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण