अमेरिकी राष्ट्रपति बाइडेन र रसियाका राष्ट्रपति पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदै
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भेटवार्ता हुने कुराको पुष्टि गरेको छ । पछिल्ला वर्ष अमेरिका र रसिया बीचको सम्बन्ध त्यति राम्रो छैन ।
बाइडेन र पुटिनले पनि एक अर्कालाई धेरै पटक व्यक्तिगत रुपमा टिप्पणी गर्दै आइरहेका छन् । यसअघि राष्ट्रपति बाइडेनले एबीसी न्युजसँगको कुराकानीका क्रमममा रुसी राष्ट्रपति पुटिनमाथि सन् २०२० को अमेरिकी चुनावमा गडबड गरेको आरोप लगाउँदै त्यसको मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । बाइडेनले एक साक्षात्कारमा पुटिनलाई एक ‘घातक’ व्यक्तिको संज्ञा समेत दिएका थिए ।
त्यसको जवाफमा पुटिनले बाइडेनलाई रुसी टेलिभिजनमार्फत आफुसँग लाइभ कुराकानी गर्न चेतावनी दिएका थिए । मंगलबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भने– ‘ जुन १६ को बैठकमा सबै मुद्दाहरुमा छलफल हुन्छ । ती मुद्दाहरु के–के हुन् सबैलाई थाहा भएकै कुरा हो । हामी रुस र अमेरिकाबीच सम्बन्ध सुधार गर्न र विश्वव्यापी मुद्दाहरुमा सहयोग गर्न चाहान्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण