प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक : नेपाल बार एशोसिएशन
काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ । एशोसिएशनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास खोज्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरीत प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोक्ने निर्णय भएको प्रस्ट पारेको हो । संविधानको पालन र संरक्षण गर्ने कर्तव्य बोकेको राष्ट्रपतिबाट समेत प्रतिनिधिसभा विघटन गरी महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएशनले आपत्ति जनाएको छ ।
एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा राजीनामासमेत नगरी मार्गप्रशस्त गरेको छु भन्दै अर्को सरकार गठनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नु पनि असंवैधानिक कदम रहेको उल्लेख छ ।
सरकारको त्यस्तो सिफारिसपछि राष्ट्रपतिले एक दिनभन्दा कम समय दिइ संविधानको धारा ७६ (५) बमोजिम अर्को सरकार गठनका लागि आह्वान गरेको तर आवश्यक बहुमतसहित विपक्षी गठबन्धनले प्रस्तुत गरेको दावीलाई अनदेखा गरिएकोप्रति पनि एशोसिएशनले आपत्ति जनाएको छ ।
‘प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भई अल्पमतमा परिसकेको र बहुमत देखाउन नसक्ने भनी स्वयंले घोषणा गरिसकेको केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्रीमा निरन्तरता दिएको कार्य र बद्नियतका साथ सम्मानित प्रतिनिधिसभालाई विघटन गरेको कार्यका साथै प्रतिनिधिसभा छल्नका लागि विघटन गरी अध्यादेशबाट मुलुक चलाउन खोजेको कार्य असंवैधानिक, अलोकतान्त्रिक कार्य हो भनी नेपाल बार एशोसिएशन ठहर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण