कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँजना बेपत्ता : संयुक्त राष्ट्रसंघ
एजेन्सी । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायताकर्मीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेको बताएका छन् ।
शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवितै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।
उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् । साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन् । उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।
हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला मादल प्रतियोगितामा सल्यानकी सुशीला प्रथम
-
विद्युतीय सवारीमा पछुताएको सरकारले यसपटक बजेटमार्फत ट्याक्स बढाउँदैछ ?
-
दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ
-
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
-
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज
-
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण