शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘खोप, अक्सिजन र भेन्टिलेटर चाहियो, मतपत्र होइन’

बिहीबार, १३ जेठ २०७८, २२ : ५२
बिहीबार, १३ जेठ २०७८

कोभिड १९ महामारीमा सरकारको व्यवस्थापन फितलो भएको भन्दै नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । बिहीबार राजधानीको माइतीघरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जनताको स्वास्थ्यमाथि हेलचेक्रयाई गर्न नहुने भन्दै तत्काल खोप, अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा उपलव्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले खै गरिबलाई खोप ? खै गरिबलाई खाना ? निषेधाज्ञा अति भो । जनताले ज्यान जोगाउने कि मत खसाल्ने ? खोप, अक्सिजन, भेन्टिलेटर चाहियो, मतपत्र होइन लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप