‘खोप, अक्सिजन र भेन्टिलेटर चाहियो, मतपत्र होइन’
बिहीबार, १३ जेठ २०७८, २२ : ५२
कोभिड १९ महामारीमा सरकारको व्यवस्थापन फितलो भएको भन्दै नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । बिहीबार राजधानीको माइतीघरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जनताको स्वास्थ्यमाथि हेलचेक्रयाई गर्न नहुने भन्दै तत्काल खोप, अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा उपलव्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले खै गरिबलाई खोप ? खै गरिबलाई खाना ? निषेधाज्ञा अति भो । जनताले ज्यान जोगाउने कि मत खसाल्ने ? खोप, अक्सिजन, भेन्टिलेटर चाहियो, मतपत्र होइन लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण