बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फाइजर खोप बालबालिकालाई अति उत्तम हुने विश्वास लिएका छौं : केजरीवाल

बिहीबार, १३ जेठ २०७८, २३ : २४
बिहीबार, १३ जेठ २०७८

फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिका समेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताएलगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो ।  अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सियसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् । 

“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ’ मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरूलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन् ।

आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन् । महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन् ।

फाइजरले आगामी जुलाईदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप