बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

शुक्रबार, १४ जेठ २०७८, २२ : ३३
शुक्रबार, १४ जेठ २०७८

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको  कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ ।

बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो  । संक्रमण संख्यामा भएको वृद्धिसँगै संक्रमण मापन दर पनि एक स्तर बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ र ‘साइन्टिफिक एडभाइजरी ग्रुप’ द्वारा शुक्रबार सार्वजनिक तथ्यांक अनुसार कोरोना संक्रमण मापन (आर) दर १.० देखि १.१ कायम गरिएको छ ।

संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ । कतिपय विज्ञहरुले लकडाउन खोल्ने सरकारको रोडम्यापलाई केहि महिना पछि सार्न सुझाएका छन् । तर, हस्पिटालिटी व्यवसायको समूहले भने यसको विरोध गर्दै आएको छ । सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउन सम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

यसैगरी  पछिल्लो २४ घन्टामा  १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै  बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै बृद्धि भएको छैन ।   

बेलायतमा ६ करोड ३३ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड ३३ लाख ४९ २५२ हजार मात्रा खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ८८ लाख ७१ हजार २०० जनाले खोपको पहिलो मात्रा लगाएका  छन् भने दुई करोड ४४ लाख ७८  हजार ५२  जनाले  खोपको दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप