शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगोको गोमा क्षेत्रमा पुनः ज्वालामुखी विस्फोट

शनिबार, १५ जेठ २०७८, २३ : ३४
शनिबार, १५ जेठ २०७८

एजेन्सी । पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायता बढाएको बताइएको छ ।

यसअघि गत मे २२ का दिनमा  कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ ।  उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको थियो  । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका थिए । 

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका थिए । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका थिए । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप