कोरोनाको दोस्रो लहरबाट त्रिभूवन विश्वविद्यालयका २३ जनाले ज्यान गुमाए
कोरोना संक्रमणपछि त्रिभूवन विश्वविद्यालयका शिक्षक, कर्मचारी सहित २१ जनाले ज्यान गुमाएका छन् । आइतबार त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति गर्दै कोभिडको दोश्रो लहरबाट ११ जना शिक्षक तथा १२ जना कर्मचारीले ज्यान गुमाएको बताएको छ । साथै कोरोनाको पहिलो तथा दोश्रो लहरबाट ६ सय १६ जना शिक्षक, कर्मचारीहरु संक्रमित भएको जनाएको छ ।
कोरोना संक्रमणबाट त्रिवि अन्तरगत शंकरदेव क्याम्पसका सह प्राध्यापक किशोर महर्जन, पद्मकन्या बहुमुखी क्याम्पसका सहप्राध्यापक डा.शेरजंग खड्का र उपप्रध्यापक विनय प्रसाई, अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्रध्यापक शंकर सुवेदी, शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उप प्राध्यापक दिपक मैनाली, भोजपुर बहुमुखी क्याम्पसका उपप्रध्यापक निमा शेर्पा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजका उपप्राध्यापक उमेश यादव, महेन्द्ररत्न क्याम्पस ताहाचलका शिक्षण सहायक डोल बहादुर भण्डारी, ठाकुरराम क्याम्पस वीरगञ्जका आंशिक शिक्षक मनोज चौरसिया र महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका आंशिक शिक्षक नवीन कर्णको ज्यान गएको हो ।
त्रिभूवन विश्वविद्यालयले भौतिक उपस्थितिमा सञ्चालनमा रहेका सम्पूर्ण पठनपाठन र परीक्षाहरु स्थगित गरेको बताउँदै बैकल्पिक विधिबाट सञ्चालन गरिरहेको जनाएको छ । हाल विश्वविद्यालयका ७९ शिक्षण इकाईहरुले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण