महेश बस्नेतको प्रश्न : काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो ?
एमाले नेता महेश बस्नेतले नेपाली काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो भन्दै प्रश्न गरेका छन् । सोमबार राष्ट्रिय युवा संघको बैठकमा बोल्दै युवा संघका संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले बहुदलीय व्यवस्था र लोकतान्त्रिक मूल्य, मान्यता र पद्दति छोडेको हो ? भन्दै प्रश्न गरेका हुन् ।
‘म काँग्रेसका नेता र बुद्धिजीवीहरुलाई प्रश्न गर्न चाहान्छु । के काँग्रेसले बहुदलीय व्यस्तता र लोकतान्त्रिक मुल्य मान्यता र पद्दति छोडेको हो ? नेकपा एमालेका २६ र जसपाका १२ सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्पतिको कार्यालय र सर्वोच्चमा गइरहँदा म शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहान्छु’, बस्नेतको प्रश्न थियो । उनले बहुदलीय व्यवस्थाका निम्ती ७१ बर्षदेखि लडेको यहि दिन हेर्न हो भन्दै तपाईहरु अव निर्दलीय व्यवस्थामा प्रवेश गर्नुभो भन्दै प्रश्न गरे ।
उनले अव एमाले र जनता समाजवादी पार्टीका सांसदहरुसँग दुईवटा विकल्प रहेको भन्दै कि ४० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्ने मनसायका साथ देउवालाई प्रधानमन्त्री बनाउने हिम्मत राख्नुपर्ने कि एमाले र जनता समाजवादी पार्टीका सांसदसँगको काँग्रेसले आफ्ना आवद्दता तोड्नुपर्ने बताए ।
‘होइन भने एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने यो कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा चढाउने दुस्चक्र गर्नुभएको छ यो इतिहासले माफी दिँदैन’, बस्नेतले एमालेको माधव पक्षका सांसदहरुलाई चेतावनी दिए ।
उनले हिजो प्रतिगमन सच्चियो भनेर राजाका शिरमा दाम चढाउनु गएका माधव नेपाल र हिजो दरबारलाई प्रजातन्त्र बुझाउने देउवाहरु वर्तमान सरकार ढाल्न सांसद खरिदबिक्री गर्न लागेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण