सिडिओहरुको बैठक बस्दै : उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी

काठमाडौं उपत्यकामा रहेका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । यसका लागि दिउँसो ४ बजे बैठक राखिएको छ । आजको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समिक्षा गर्दै केही निर्णयहरु गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । हालसम्म गरिएको निषेधाज्ञा सफलताउन्मुख भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले भने– ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरुमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल गर्दैछौँ ।’
गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन सुरु गरिएकोमा गत सातादेखि थप कडाई गरिएको थियो । यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारी साधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?