सिडिओहरुको बैठक बस्दै : उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी
काठमाडौं उपत्यकामा रहेका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । यसका लागि दिउँसो ४ बजे बैठक राखिएको छ । आजको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समिक्षा गर्दै केही निर्णयहरु गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । हालसम्म गरिएको निषेधाज्ञा सफलताउन्मुख भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले भने– ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरुमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल गर्दैछौँ ।’
गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन सुरु गरिएकोमा गत सातादेखि थप कडाई गरिएको थियो । यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारी साधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण