मकवानपुरमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा
मकवानपुरमा थप ११ दिन निषेधाज्ञाको अवधि थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
यसअघि केन्द्रले जेठ २० गते रातीसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा भोली रातीबाट सकिँदै छ । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका सामग्री बिक्री वितरण गर्ने पसल तथा व्यवसाय निश्चित समय सञ्चालन गर्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
उनका अनुसार ती क्षेत्र विहान ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने खोपे गल्लीको तरकारी पसल र बसपार्कको तरकारी मण्डी पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । बैठकले बैंकहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन सञ्चालन गर्न दिइने भएको छ ।
बैंक तथा मनि ट्रान्सफरहरु आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य वित्तीय कारोवार गर्ने संघ संस्था तथा सहकारीहरू पूर्ण रुपमा बन्द गर्नुपर्ने निर्णय गरेको सुचना अधिकारी गर्तौलाले बताए ।
बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, पशुपंछीको दाना, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण