गण्डकीमा एकैदिन १ हजार ३७२ जना कोरोना संक्रमणमुक्त, संक्रमितको संख्या ८३८
पोखरा । गण्डकी प्रदेशमा थप ८३८ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार २४६ जनाको नमुना परीक्षण गरिएकोमा थप ८३८ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४१५ जना महिला र ४२३ जना पुरुषको कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १५१, म्याग्दी ३६, स्याङ्जा १३३, बाग्लुङ ११२, पर्वत ३४, तनहुँ ५५, गोरखा १२७, लमजुङ ७३ र नवलपुर ११७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार ८३५ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ । गण्डकीमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७०७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण