सुदूरपश्चिम सरकार बजेटको आकार घटाउने तयारीमा
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २७ अर्ब बराबरको बजेट ल्याउने गृहकार्य अघि बढाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घट्ने जनाएको हो ।
संघीय सरकारको अनुदानसहित आगामी आर्थिक वर्षका लागि करिब २७ अर्ब जतिको बजेट आउन सक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्रप्रसाद साउदले रातोपाटीलाई जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्बको छ ।
बजेट ल्याउने तयारीका लागि विनियोजन विधेयक, अर्थिक विधेयक लगायतका प्रयोजनसँग सम्बन्धित वार्षिक तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए । बजेटमाथि मन्त्रालयहरूसँग विषयगत छलफल भइरहेको उनको भनाइ छ । पहिलो चरणको छलफल भइरहेको र दोस्रो चरणको छलफल पश्चात बजेटको तयारी पूरा हुने उनले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा कोभिड महामारीलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा उनले मन्त्रालयले जनाएको छ । पूर्वाधार सम्बन्धी क्रमागत काम भइरहेका योजना र प्रदेशका गौरवका आयोजनालाई बजेटले समेटेको बताइएको छ ।
भौतिक पूर्वाधार सम्बन्धीका करिब १० अर्बका आयोजनाको पूर्वतयारी, डिपिआर लगायत छ कि छैन भन्ने अध्ययन गरेरमात्र बजेटले ती आयोजनालाई समेट्ने सूचना अधिकारी साउद बताउँछन् । आयोजना छनौट सम्बन्धी मापदण्ड २०७५ मा भएका कुरालाई पनि बजेटले सम्बोधन गर्ने उनको भनाइ छ ।
बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालयको नीति तथा योजना कार्यक्रम तयार भइसकेको उनले जानकारी दिए । बजेटको प्राथमिकतामा कोभिड महामारी नियन्त्रण, उत्पादनमुखि बहुवर्षीय आयोजनाको निरन्तरता नै हुने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ २१ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन आह्वानका लागि बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ २१ दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले रातोपाटीलाई जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण