पर्सामा जेष्ठ ३० सम्म निषेधाज्ञा थप
कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले पर्सामा जारी जेष्ठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा सबैको बैठकले कोरोना सङ्क्रमणको श्रृङ्खला तोड्न र फैलिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लावासीलाई अपिल गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेक दुई पाङ्ग्रे सहित सबै सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण