निषेधाज्ञाका बीच पशुपति गुरुयोजनाको काम निरन्तर, तस्बिरमा हेर्नुहोस्
कोरोनाभाइरसका कारण जारी निषेधाज्ञाका बीच पशुपति क्षेत्र विकास संरक्षण गुरुयोजनाको काम जारी रहेको छ । स्वास्थ्य मापदण्डको पालनाका साथ गुरुयोजनाको काम जारी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सरकारले गुरुयोजना विस्तारका लागि आगामी आर्थिक वर्षमा समेत ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८–२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनर्निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका विभिन्न संरचनामा ०७२ सालको भूकम्पले क्षति पुगेको थियो । सो संरचनाको मर्मतसहित पशुपतिको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको हो । उसो त पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै अभियन्ताहरुले विरोध समेत गर्दै आएका छन्।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण