आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने सरकारको तयारी
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी भैरहेको बताएका छन् । सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताएका हुन् । यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए ।
उनले भने– ‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सिप परिक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ । कुनैपनि सेवा क्षेत्रमा प्रवेश गर्नको लागि आधारभूत दक्षता, परीक्षण र उत्तीर्णको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आमसञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ ।
यस क्षेत्रको विज्ञहरुको राय, सल्लाह बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको छ ।’ मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत अगाडि बढाइसकिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण