चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय
सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको बताए ।
मन्त्री गुरुङले भने–‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’ यसअघि नेपाल टेलिभिजनको नाराका रुपमा विकासका लागि सञ्चार रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण