भारतमा पछिल्लो एक हप्तामा संक्रमित दरमा ६.५ प्रतिशत कमी, अब हरेक सयजनामा तीनजना संक्रमित भेटिन्छन्
भारतमा कोरोनाको दोस्रो लहर लगातार कमजोर हुँदै गइरहेको छ । यो अन्दाज यो कुराले पनि लगाउन सकिन्छ कि एक हप्ता अघि संक्रमण दर ९.१ प्रतिशत थियो, जुन शनिबार घटेर ३.२ प्रतिशतसम्म आइपुगेको छ । अर्थात्, अघिल्लो हप्तासम्म भारतमा हरेक सयजनामा १० जनामा कोरोना पुष्टि हुने गर्दथ्यो भने अब यो आँकडा घटेर ३–४ को बीचमा पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०.३६ लाख परीक्षण, १.१४ संक्रमित भेटिए
पछिल्लो २४ घण्टामा भारतमा २० लाख ३६ हजार ३११ जनाको कोरोना परीक्षण गरियो । यसमा कोरोनाका १ लाख १४ हजार ४१५ संक्रमित भेटिए । यो पछिल्लो ६१ दिनमा एक दिनमा भेटिएका संक्रमितको सबैभन्दा कम आँकडा हो । यसअघि ५ अप्रिलमा ९६,५७३ संक्रमित भेटिएका थिए । यस्तै, पछिल्लो २४ घण्टामा २,६८१ बिरामीको मृत्यु भयो र १ लाख ८९ हजार ८९ जनाले कोरोना जितेका छन् ।
यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ७७,४०२ को कमी आएको छ । पछिल्लो १० दिनको कुरा गर्ने हो भने सक्रिय संक्रमितमा ९ लाख ४२ हजार ४२४ को कमी देखिएको छ र १४ अप्रिलपछि पहिलो पटक सक्रिय संक्रमितको आँकडा १५ लाखभन्दा मुनी आएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.१४ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः १.८९ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,६८१
हालसम्म संक्रमित भइसकेकाः २.८८ करोड
हालसम्म निको भएकाः २.६९ करोड
हालसम्म कूल मृत्युः ३.४६ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १४.७३ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण