बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्यारी र मेगनलाई पुत्री लाभ, रानी एलिजाबेथ र राजकुमारी डायनाको नाममा राखे छोरीको नाम

सोमबार, २४ जेठ २०७८, ११ : २९
सोमबार, २४ जेठ २०७८

बेलायतकी डच एण्ड डचेज अफ ससेक्सलाई पुत्री लाभ भएको छ । पूर्व अभिनेत्रीले शुक्रबार (४ जून) मा क्यालिफोर्नियाको सान्ता बारबरा कटेज अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरीको आगमनले खुसी भएका यो जोडीले महारानी एलिजाबेथ र ह्यारीकी दिवंगत आमा राजकुमारी डायनाको नाममा छोरीको नाम लिलिबेट ‘लिली’ डायना माउन्टबेटन–विन्डसर राखेका छन् ।

आइतबार ६ जूनमा नवजात शिशुको तस्बिर बिना आधिकारिक घोषणा गरियो । ‘आमा र शिशु दुबैको स्वास्थ्य राम्रो छ,’ एक संयुक्त बयान जारी गर्दै यी दुईले जानकारी दिए ।

बकिङ्घम प्यालेसले भन्यो, ‘रानी, प्रिन्स अफ वेल्स, डचेज अफ कर्नवालसहित ड्युक र डेचज अफ केम्ब्रिजलाई यसबारे जानकारी दिइएको छ र खबर पाएपछि सबैजना निकै दङ्ग छन् । ’

ह्यारी र मेगनले आफ्नो दोस्रो सन्तानको नाम रानीको पारिवारिक नाम लिलीबेट राखेको बताएका छन् । रानी एलिजाबेथ नवजात शिशुकी जिजुमुवा हुन् ।

उनको नाममा डायना पनि जोडिएको छ । दिवंगत प्यारी हजुरआमाको सम्मान स्वरुप चयन गरिएको प्रिन्स अफ वेल्स, प्रिन्स चार्ल्सले एक वक्तव्य जारी गर्दै भने । डायना प्रिन्स चार्ल्सकी जेठी श्रीमती हुन् ।

लिली स्थानीय समयानुसार शुक्रबार बिहान १०ः४० मा जन्मिएकी हुन् । जन्मका बेला उनको तौल लगभग साढे तीन केजी रहेको बताइन्छ ।

उनी रानीकी ११ औं पनातिनी हुन् र राजगद्दीकी आठौं उत्तराधिकारी हुन् । यसको अर्थ, सन् १९६० मा जन्मिएका बेला उत्तराधिकारीको सूचीमा दोस्रो स्थान पाएका प्रिन्स एन्ड्र्यू नवौं स्थानमा धकेलिएका छन् ।

प्रिन्स अफ वेल्स, प्रिन्स ह्यारीका पिता र डचेज अफ कर्नवाल क्यामिलियाले ट्वीटमा भनेका छन्, ‘ह्यारी, मेगन र आर्चीलाई लिलीबेट डायनाको आगमनमा बधाई छ । यो विशेष परिस्थितिमा उनीहरुको सुस्वास्थ्यको कामना गर्दछौं ।’

ड्युक र डचेज अफ केम्ब्रिज अर्थात् ह्यारीका दाजु भाउजुले भने, ‘हामी बेबी लिलीको आगमनको खबरले निकै खुसी र उत्साहित छौं ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो जोडीलाई बधाईसहितको शुभकामना व्यक्त गरेका छन् ।

किन लिलिबेट ?

लिलिबेट– रानीको घरमा बोलाउने नाम – तत्कालीन राजकुमारी एलिजाबेथले आफ्नो नाम राम्रोसँग भन्न नजान्दा प्रतिपादन भएको नाम हो ।

एलिजाबेथले आफ्नो नाम भन्न खोज्दा तोतेबोलीमा लिलिबेट निस्कने गर्दथ्यो । उनका हजुरबुवा किङ जर्जले एलिजाबेथलाई त्यसरी नै बोलाउँथे । यसरी नै यो नाम सबैले बोलाउन थाले ।

रानीका दिवंगत श्रीमान् ड्युक अफ एडिनबर्गले पनि उनलाई यही नामले बोलाउँथे । विवाहपश्चात् ड्यक अफ एडिनबर्गले आफ्नी सासुलाई लेखेको पत्रमा उनले लेखेका थिए – ‘लिलिबेट एउटै मात्र यस्तो ‘चिज’ हो जुन मेरो लागि पूर्ण रुपमा वास्तविक छ ।’

लिलीकी दिदी अर्थात् प्रिन्स विलियम्स र क्याथरिनकी छोरी प्रिन्सेस शार्लेटको पनि नाममा एलिजाबेथ र डायना छ । उनको पूरा नाम शार्लेट एलिजाबेथ डायना माउन्टबेट– विन्डसर हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप