१८ वर्ष माथिका सबै भारतीयलाई निःशुल्क खोप उपलब्ध गराउने मोदीको घोषणा
भारत सरकारले १७ वर्ष उमेर माथिका आफ्ना सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
२१ जुनबाट १८ वर्ष माथिका सबै भारतीय नागरिकका लागि निःशुल्क खोप अभियान सुरु गरिने उनले बताएका छन् । कोरोना संक्रमणलाई ‘शताब्दीकै ठुलो महामारी’ भनेका उनले यस्तो महामारी आधुनिक विश्वले कहिल्यै नदेखेको बताए ।
कोभिड–१८ विरुद्ध संघर्षका लागि विगत सवा वर्षमा देशले नयाँ स्वास्थ्य संरचना तयार पारेको मोदीको भनाइ छ । संक्रमणको दोस्रो लहरमा अक्सिजनको माग गरेको र माग अनुसारको आपूर्तिका लागि युद्धस्तरमा काम गरेको उनले बताए ।
मोदीले भारतमा हालसम्म २३ करोड डोज खोप लगाइसकेको जानकारी पनि दिए । आगामी दिनमा खोपको आपूर्ति बढ्ने पनि उनले बताए ।
मोदीले खोप निर्माताबाट कुल खोप उत्पादनको ७५ प्रतिशत हिस्सा भारत सरकारले खरिद गरेर राज्य सरकारहरुलाई निःशुल्क उपलब्ध गराउने बताए । उनले देशको कुनै पनि राज्य सरकारले खोपका लागि खर्च गर्न नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण