विश्वकप फुटबल छनोट : मध्यान्तर अघि जोर्डनसँग नेपाल १–० ले पछाडि
सोमबार, २४ जेठ २०७८, २२ : ४४
विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।
डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् ।
जोर्डनले दबाबमा राखेको खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले जोर्डनका तर्फबाट गरिएका कयौं प्रहारलाई विफल तुल्याएका थिए । ४१ औं मिनेटमा डि–बक्सभित्रै जोर्डनका खेलाडीले गोल गर्ने आकर्षक मौका पाए पनि चेम्जोङले सशक्त बचाउ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण