बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबल छनोट : मध्यान्तर अघि जोर्डनसँग नेपाल १–० ले पछाडि

सोमबार, २४ जेठ २०७८, २२ : ४४
सोमबार, २४ जेठ २०७८

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।

डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् । 

जोर्डनले दबाबमा राखेको खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले जोर्डनका तर्फबाट गरिएका कयौं प्रहारलाई विफल तुल्याएका थिए । ४१ औं मिनेटमा डि–बक्सभित्रै जोर्डनका खेलाडीले गोल गर्ने आकर्षक मौका पाए पनि चेम्जोङले सशक्त बचाउ गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप