शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा सुनियोजित ट्रक हमलामा मुस्लिम परिवारको हत्या

मङ्गलबार, २५ जेठ २०७८, १२ : ३४
मङ्गलबार, २५ जेठ २०७८

क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

घटनामा २० वर्षीय युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ । हमलावरको नाम नाथानियल भेल्टम्यान भनेर बताइएको छ । सन् २०१७ मा क्युवेक सहरको मस्जिदमा हमला गरी ६ जनाको हत्या गरे यता क्यानडामा मुस्मिल समुदायमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो ।

‘उनीहरु मुस्लिम भएकै कारण हमला गरिएको देखिएको छ,’ डेपुटी सुपरिटेन्डेन्ट पाउल राइटले सोमबार पत्रकार सम्मेलनमा भने । प्रहरीले हमलावरमाथि आतंकवादको मुद्दासमेत लगाउने बारे तयारी गरिरहेको बताउँदै यसलाई ‘हेट क्राइम’ को संज्ञा दिए ।

घटनामा मारिनेमा ७४ र ४४ वर्षीया महिला, ४६ वर्षीय पुरुष र १५ वर्षीया बालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप