क्यानडामा सुनियोजित ट्रक हमलामा मुस्लिम परिवारको हत्या
क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
घटनामा २० वर्षीय युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ । हमलावरको नाम नाथानियल भेल्टम्यान भनेर बताइएको छ । सन् २०१७ मा क्युवेक सहरको मस्जिदमा हमला गरी ६ जनाको हत्या गरे यता क्यानडामा मुस्मिल समुदायमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो ।
‘उनीहरु मुस्लिम भएकै कारण हमला गरिएको देखिएको छ,’ डेपुटी सुपरिटेन्डेन्ट पाउल राइटले सोमबार पत्रकार सम्मेलनमा भने । प्रहरीले हमलावरमाथि आतंकवादको मुद्दासमेत लगाउने बारे तयारी गरिरहेको बताउँदै यसलाई ‘हेट क्राइम’ को संज्ञा दिए ।
घटनामा मारिनेमा ७४ र ४४ वर्षीया महिला, ४६ वर्षीय पुरुष र १५ वर्षीया बालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण