मकवानपुरको बागमतीबाट भेरोसिल खोप लगाउन सुरु
मकवानपुरमा कोरोना विरुद्धको चिनियाँ (भेरोसेल) खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट उक्त खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती गाउँपालिकाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई उक्त खोप लगाउन सुरु गरिएको हो । बागमतीको गाउँपालिकाको वेतिनि स्वास्थ्य चौकीमा मंगलबार १७ जना नागरिकहरुले खोप सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकार दिए ।
गाउँपालिकामा उक्त खोप लगाउन सो उमेर समूहका ८ सय ७० जना नागरिक रहेको र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट ४ सय २० भाइल खोप उपलब्ध भएको उनले बताए । मौसमका कारण आज खोप लगाउन आउनेको संख्या न्यून रहेको भन्दै केहीदिन खोप सेवा निरन्तर चल्ने उनको भनाई छ ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अन्य गाउँपालिकाहरुमा बुधबारबाट उक्त खोप लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुरका सबै स्थानीय तहका लागि स्वस्थ्य आपूर्ति केन्द्रमार्फत् प्राप्त कुल ६ हजार ५ सय भाइल खोप स्थानीय तहको जनघनत्व र यसअघि कोभिसिल्ड खोप लगाउने नागरिको संख्याको आधारमा वितरण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण