म्याच प्रिभ्यू : वेल्स भर्सेज स्वीटजरल्याण्ड – कसले मार्ला बाजी ?
युरोकप फुटबलमा नेपाली समयअनुसार आज ६ बजेर ४५ मिनेट जाँदा वेल्स र स्वीटजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । पछिल्लो दशक वेल्सले जसरी फुटबल खेलिरहेको छ, त्यो नियाल्दा उसले जस्तोसुकै आश्चर्यजनक नतिजा निकाल्न पनि सक्छ । २०११ मा फिफा वरियताको १ सय १७ औँ स्थानमा रहेको वेल्स चार वर्षभित्र इतिहासकै ठूलो छलाङ मारेर २०१५ मा आठौँ स्थानमा उक्लिएको थियो ।
अहिले फिफा वरियतामा स्वीटजरल्याण्ड १३ औं र वेल्स १७ औं स्थानका टोली हुन् । गत संस्करणमा सेमिफाइनल पुगेर वेल्सले इतिहास कायम गरेको थियो । यसपटक रोबर्ट पेजको प्रशिक्षणमा रहेको टोलीको आक्रामण डेनियल जेम्स र ग्यारेथ बेलको हातमा हुनेछ । स्वीटजरल्याण्डको कमजोर डिफेन्सको फाइदा उठाउने पक्षमा उनीहरु हुनेछन् । पछिल्ला खेलका नतिजा हेर्दा वेल्सले सबै खेलमा साँघुरो अन्तरले विजय हासिल गरेको छ । त्यहीकारण आज पनि खेलमा अग्रता त्यसलाई जोगाउनमै वेल्सको सारा रणनीति केन्द्रीत हुने अनुमान गर्न सकिन्छ ।
यहाँ ग्राइन्ड जाका र रेमा फ्रेलेरजस्ता खेलाडी सम्मिलित स्वीटजरल्याण्डको मिडफिल्ड निकै सन्तुलित छ । यो टोली यस समूहबाट दोस्रो चरण पुग्नसक्ने टोली हो । स्वीटजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिक भन्छन्,‘हामी बल होल्ड गर्न चाहन्छौं र खेलको रफ्तारमा केन्द्रीत रहदैं गोल गर्न चाहन्छौं । यसका लागि हामीले ठूले ध्यान दिनुपर्ने जरुरी छ किनकी वेल्ससँग निकै राम्रो टोली छ ।’
पछिल्ला ६ खेलमध्ये स्वीटजरल्याण्ड कुनैमा पराजित भएको छैन । उसले ५ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यता, वेल्सले पछिल्ला ६ खेलमध्ये ३ खेल जितेको छ । एक खेल बराबरी खेलेको यो टोली दुईमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण