मकवानपुरमा थप एक साता लम्बियो निषेधाज्ञा
मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई आजको बैठकले केही खुकुलो बनाउने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार मकवानपुरमा अत्यावश्यक खाद्यान्न, तरकारी, माछा मासु पसलहरु बिहान ४ बजेदेखि १० बजेसम्म खुल्ने छन् । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमित रुपमा दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कारोवार सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै स्थलगत रुपमा आर्थिक संकलन नगर्ने गरी जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई पनि दैनिक बिहान १० बजे देखि दिउँसो २ बजेसम्म कारोबार सञ्चालन गर्न अनुमति दिएको छ । असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले जिल्लामा सञ्चालनमा रहेको पुस्तक तथा स्टेशनरी पसलहरु पनि बिहान १० बजेसम्म खोल्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले मोवाइल, ल्यापटप लगायत इलेक्ट्रोनिक्स सामग्री मर्मत गर्ने पसलहरु पनि सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण