कैलालीमा एक हप्ताका लागि थपियो निषेधाज्ञा
कैलालीमा जारी निषेधाज्ञाको समयावधि एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले निषेधाज्ञाको समयावधि असार ७ गते सम्मका लागि थप गरेको हो ।
तत्काल निषेधाज्ञा खोल्न उचित नहुने भन्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए । निषेधाज्ञा अवधिभर बिहान ६ देखि ११ बजेसम्म खाध्यान्न,तरकारी, दुग्ध डेरी मासु पसल, किराना पसल, डिपार्टमेन्टले स्टोर खोल्न पाउने जनाइएको छ । त्यस्तै बैंकका सेवाहरु बिहान ८ देखि १२ बजेसम्म सञ्चालन हुने प्रशासनले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म वर्कशप पनि खोल्न पाइने भएको छ । वर्कशपमा बढीमा ३ जना कामदार राखेर काम गर्न पाइने जनाइएको छ । त्यस्तै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेष्टुरेन्टले पनि होम डेलिभरी गर्न पाइने सूचना अधिकारी जोशीले बताए । उनले पाठ्यपुस्तक तथा स्टेशनरीका सामान, उद्योगधन्दा तथा कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ बोकेका सवारी साधन चलाउन पाउने समेत बताए ।
कैलालीमा निषेधाज्ञा थपिएको यो ८ औं पटक हो । यसअघि बैशाख १६ देखि २२, २३ देखि बैशाख मसान्तसम्म, जेठ १ देखि ६, ७ देखि १३ र १४ देखि २१, २२ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण