गण्डकीमा एकैदिन ८४२ जना कोरोना संक्रमणमुक्त, १२ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १, तनहुँमा १, पर्वत २, मुस्ताङमा २, म्याग्दी १,लमजुङ २ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५० पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७३ जनाको नमुना परीक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७६ महिला र १६७ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८५, बागलुङ १२०, गोरखामा ३०, नवलपरासी ५१, स्याङजा १, तनहुँ ५, लमजुङ ३५, पर्वत ३८ र म्याग्दीमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४४ हजार ४६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण