भारतमा भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि, ६८ वर्षका वृद्धको गयो ज्यान

भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको बताएको छ ।
भ्याक्सिन लगाएपछि कसैमा गम्भीर लक्षण देखिनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्यूनाइजेशन (एईएफआई) भनिन्छ । एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिन लगाएपछि एनाफिलेक्सीसका कारण भएको पुष्टि गरेको छ । ‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा. एनके अरोराले भने ।
एनाफिलेक्सीस एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली