भारतमा भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि, ६८ वर्षका वृद्धको गयो ज्यान
भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको बताएको छ ।
भ्याक्सिन लगाएपछि कसैमा गम्भीर लक्षण देखिनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्यूनाइजेशन (एईएफआई) भनिन्छ । एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिन लगाएपछि एनाफिलेक्सीसका कारण भएको पुष्टि गरेको छ । ‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा. एनके अरोराले भने ।
एनाफिलेक्सीस एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण