नेपाल भाषा पठाउन माग गर्दै ज्ञापनपत्र पेश
मङ्गलबार, ०१ असार २०७८, १८ : १३
नेपाल भाषा संरक्षण अभियानले विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा) को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई नेपाल भाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नवीनप्रकाश श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
नगर प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दै आगामी असार ७ गतेदेखि शुरु हुने मध्यपुर थिमिको नगर परिषद्को बैठकमा यसलाई प्रस्तावको रुपमा पेश गरी अगाडि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण