इटलीविरुद्ध स्वीट्जरल्यान्ड : लयमा रहेका टोलीबीचको भिडन्त
युरोकप फुटबलमा नेपाली समयअनुसार मध्यराति १२ः ४५ मा इटलीले स्विट्जरल्यान्डको सामना गर्दैछ । पूर्व विजेता इटलीले टर्कीलाई ३–० ले हराउँदै आफुलाई यस प्रतियोगिताको दाबेदारका रुपमा उभ्याएको छ । इटलीले पछिल्ला ९ खेलमा लगातार जित हासिल गरेको छ, यसक्रममा उसले २८ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन । त्यहीकारण स्विट्जरल्यान्ड विरुद्ध मैदान उत्रँदा आफ्नो क्लिन सिटलाई १० खेलसम्म निरन्तरता दिने इटलीको योजना हुनेछ ।
अर्कोतर्फ, पहिलो खेलमा वेल्ससँग एक–एक गोलको बराबरी खेलेको स्वीट्जरल्यान्डलाई पनि प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नुपर्ने आवश्यकता छ । स्विट्जरल्यान्डले पनि प्रतियोगिताको छनोटमा निकै उत्कृष्ट खेलेको थियो । उसले खेलेका पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।
स्विट्जरल्यान्डको मिडफिल्डमा ग्रानिट जाका र रेमा फ्रिउलेरजस्ता उत्कृष्ट खेलाडी छन् । तर, रोममा हुने खेलमा घरेलु टोलीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्नका लागि अग्रपंक्तिमा जर्दन साकिरी र ब्रिइम्बोलो चल्न जरुरी छ । इटलीका सेन्ट्रल मिडफिल्डर मार्को भेराट्टी र फुल ब्याक अलेस्यान्द्रो फ्लोरेन्टी पूर्ण फिट हुन बाँकी रहेकाले आजको खेलमा उपस्थित हुने छैनन् । यस्तोमा म्यान्सिनीले केही खेलाडीको पोसिजन हेरफेर गर्न सक्छन् । फ्रान्सिस्को एरेबी र फेडरिको चेइसा यसका लागि तयार छन् । अग्रपंक्तिमा गोलको खाता खोल्दै सिरो इम्मोबाइल र सिरो इन्जाघीले उत्कृष्ट सुरुवात गरेका छन् ।
प्रशिक्षक के भन्छन् ?
रोबर्टो म्यान्सिनी, इटली : ठूला खेलअघि सँधै केही तनाव हुन्छ र यो स्वभाविक पनि हो । यो निकै महत्वपूर्ण हो र हाम्रो विपक्षीप्रति हाम्रो ठूले सम्मान छ । विशेषगरी उनीहरुसँग अग्रपंक्तिमा खेल परिवर्तन गर्नसक्ने खेलाडी छन् । हामीले केही खेलाडी परिवर्तन गर्नसक्छौं, तर खेल परिवर्तन हुनेछैन । यस प्रतियोगिताका उत्कृष्ट टिममध्ये इटली एक हो भन्नेमा म विश्वस्त छु ।
भ्लादिमिर पेटकोभिक, स्वीट्जरल्यान्ड : हामीले वेल्सविरुद्ध धेरै अवसरहरु सिर्जना गर्यौं । त्यसमध्ये एक वा दुई अवसरमा गोल हुनुपर्ने थियो । त्यो स्तब्धकारी थियो, तर हामी हाम्रो खेलबाट धेरै निराश छैनौं । इटली विरुद्ध हामी फरक खेल देखाउनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण