इरानको नयाँ राष्ट्रपतिमा रायसी निर्वाचित
इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले देशका सम्पूर्ण नागरिकहरुलई धन्यवाद दिएका थिए ।
विजयीलगत्तै राइसीले वर्तमान राष्ट्रपति हसन रुहानीसँग भेट गरेका थिए । राष्ट्रपति रुहानीसँगै मिडियामा देखिएका उनले आफ्नो नेतृत्वको सरकारले जनताको भलाइका लागि काम गर्न हर प्रयास गर्ने बताएका छन् । रायसीले अगष्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।
उनको विजयले इरानको आन्तारिक राजनीति र विदेश मामिलामा समेत प्रभाव पर्न सक्ने विश्लेषण भैरहेका छन् । यद्यपि, इरानको राजनीति प्रणालीमा राष्ट्र र राष्ट्रियता सम्बन्धि सबै मुद्दाहरूको अन्तिम निर्णय गर्ने अधिकार भने सर्वोच्च नेता आयातुल्ला अली खमेनीसँग हुन्छ । रायसीलाई खमेनीको उत्तराधिकारीको रुपमा हेर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण