पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरूलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।
उनले भने- ‘म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म हुन पुगेको छु र मेरो एउटै उद्धेश्य हुन्छ, म न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले काम गर्नुहोला । नत्र म जतिबेला पनि आफैँ आएर हेर्नसक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु ।’
मन्त्री अरगरियाले मन्दिर पुन:निर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै उनीहरुले विरोध जनाइरहेको सन्दर्भमा पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए । निर्माणको काम सकिएपछि उनीहरुलाई पुनःस्थापना गरिने पनि उनले बताए । उनले भने– ‘यो मन्त्रालय संस्कृतिको रक्षा गर्ने मन्त्रालय हो । संस्कृतिको रक्षा हुन्छ । बाबाहरु यदि पहिलादेखि बसिराख्नुभएको छ भने नठान्दा हुन्छ कि हामीलाई विस्थापित गर्छ । यो कुरामा मन्त्रालय पनि एक्टिभ भएर बाबाहरुको साथमा हुन्छ र यो बनिसकेपछि बाबाहरुलाई पुनःस्थापना गरिनेछ ।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभूमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए । उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे ।
उनले भने– ‘यो क्षेत्र हामीले सोचेको सन्त, महात्माहरूको प्रवचन गुज्जिरहोस् । यो क्षेत्रमा अध्ययन, अध्यापन होस्, संस्कृतको श्लोक गुन्जिरहोस् र एउटा तपोभूमिको रुपमा विकसित होस् भन्ने हाम्रो सोच छ । र, त्यही रुपमा विकास गर्ने ध्येय रहेको छ । यो थलो ज्ञान र विज्ञानको बहस गर्ने, तर्क गर्ने थलोको रुपमा पनि विकास हुनेछ भनेर मैले विश्वास लिएको छु ।’ पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको समेत सदस्य सचिव ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण