कोरोना छल्दै सडकमा सर्वसाधारण, उपत्यकामा बढ्यो सवारीको चाप
कोरोना महामारीको जोखिम कायमै रहेपनि काठमाडौं उपत्यकाको जनजीवनलाई विस्तारै सामान्य अवस्थामा फर्काउनका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको हो ।
पसल व्यवसायदेखि विभिन्न क्षेत्र मापदण्ड तोकेर खोल्नेदेखि निजी सवारी साधन र ट्याक्सी जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने स्थानीय प्रशासनको निर्णयसँगै मंगलबार काठमाडौं उपत्यकामा सवारीको चाप अघिल्लो दिनहरुको तुलनामा ह्वात्तै बढेको छ ।
प्रशासनको निर्णय अनुसार जोर गते जोर नम्बर प्लेटका निजी तथा ट्याक्सी सञ्चालन गर्न पाइन्छ भने बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलेका हुन् । जोर बिजोर लागू भएसँगै प्रहरीले नियम पालना भए–नभएकोबारे कडाइ गर्दै चेकजाँचलाई तीव्र पारेको छ । आजदेखि असार १४ गते राति १२ बजेसम्म यो आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
