बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु
काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका–७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका ८ तिलाचौरस्थित सडकमा म १ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका– १० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण