विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीच अन्तरक्रिया (तस्बिरमा हेर्नुस्)
विकसित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेता र विभिन्न मिडियाका सम्पादकहरू बीचको अन्तरक्रिया भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा नेता र सम्पादकहरू बीचको केही समय अघिबाट अन्तरक्रिया सुरु भएको हो ।
अन्तरक्रियामा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् ।

अन्तरक्रियामा सुरुमा नेताहरुले आफ्नो धारणा राख्ने र त्यसपछि प्रश्नोत्तरका लागि समय छुट्याइएको छ । एकजना नेतालाई १० मिनेटको समय छुट्याएको उक्त कार्यक्रमको सञ्चालन काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । सम्पादकहरूसँगको अन्तरक्रियापछि नेताहरुले बिहीबारै विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
बुधबार साँझ देउवा निवासमा बसेका गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण