विपक्षी गठबन्धनले लेखक, बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
विपक्षी गठबन्धनका शीर्ष नेताले लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । यसअघि विभिन्न मिडियाका सम्पादक तथा राजनीतिक विट हेर्ने सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका गठबन्धनका शीर्ष नेताले सोमबार लेखक, नागरिक समाज र बुद्धिजीवीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका हुन् ।
उनीहरुसँगको अन्तक्रिया सोमबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी तथा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा बहस जारी छ । साथै विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रका बचाउन ओली प्रवृत्तिविरुद्ध राजनीतिक संघर्षलाई पनि जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण